हेटौंडा । बागमती प्रदेशमा राजनीतिक हलचल चुलिँदै गर्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बैठक मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको हो ।
बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन् । बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो ।
त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ ।
संसदीय दलका स्रोतका अनुसार, प्रस्तावको टुंगो लगाउन आजै मत विभाजन हुने सम्भावना उच्च छ । प्रदेश सरकारको नेतृत्वमा रहेका बहादुर सिंह लामाको बहुमत टिकाउन सक्ने या न सक्ने भन्ने विषयमा बैठक निर्णायक बन्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ