सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २ माघ २०८२ / Thursday, 15 January 2026

नेपाल सांस्कृतिक महासङ्घ ललितपुरको प्रस्तुति ‘चेलीको चाड तीजमा बरिलै’ सार्वजनिक

प्रकाशित समय: मगलवार, ०९ : ५२ बजे श्रावण २१ गते



नेपाल सांस्कृतिक महासङ्घ ललितपुरको प्रस्तुति ‘चेलीको चाड तीजमा बरिलै’ सार्वजनिक

ललितपुर,नेपाल सांस्कृतिक महासङ्घ ललितपुरको प्रस्तुतिमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड नाच्ने हो, गाउने हो, तीजमा बरिलै’ सार्वजनिक भएको छ।

 

महासङ्घको सांगीतिक प्रस्तुति रहेको उक्त गीतमा महासङ्घमा आबद्ध केन्द्रदेखि जिल्लास्तरसम्मका चर्चित कलाकारहरूको आकर्षक अभिनय रहेको छ।

 

गीतमा अभिनय गर्ने कलाकारहरूमा राजेन्द्र केसी (राजु), पवन खतिवडा (बाबा), रेश्मा तिमल्सिना (बुनुमैचा), अनिल श्रेष्ठ (निरञ्जन), शशी पुन, शर्मिला ब्रह्मचार्य, शारदा बज्राचार्य, श्यामसुन्दर तिमल्सिना, मधु रेग्मी, रूपा थापा, निरञ्जन महर्जन, मिना खड्का केसी, विजया केसी, संगीता केसी, कृतन केसी, गरभिसा थापा, अनिषा रिजाल र अनिता साउद रहेका छन्।

 

गीतमा पुरुषतर्फ सुरज अधिकारी, अनिल श्रेष्ठ र मधु रेग्मीको स्वर रहेको छ भने महिलातर्फ शशी पुन, शर्मिला ब्रह्मचार्य र शारदा बज्राचार्यले आवाज दिएका छन्।

 

गीतका शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ। Reason 9 Studio – सातडोबाटोमा रेकर्ड गरिएको उक्त गीतको सम्पादन तथा निर्देशन नेपाल सांस्कृतिक महासङ्घ ललितपुरका अध्यक्ष गौतम तन्दुकारले गरेका हुन्।

 

यस गीतलाई यल इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ। तीजको अवसरमा सार्वजनिक गरिएको गीतले नेपाली सांस्कृतिक झल्को दिँदै चेलीबेटीको चाडलाई अझ उल्लासमय बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।