सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं

प्रकाशित समय: सोमवार, ०६ : ५३ बजे आश्विन २० गते



नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं

काठमाडौं । नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

 

उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् ।

 

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत एक सन्देश दिँदै भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्तै दुःखद छ । यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौं । मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।’

 

नेपालका विभिन्न भागहरूमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पु¥याएको छ । उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो ।

 

यसअघि पनि भारतले नेपालमा विभिन्न विपद्को बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ ।