सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

गुल्मी–रुपन्देही सम्पर्क समितिको तेस्रो अधिवेशन उद्घाटन सँगै स्थगित

प्रकाशित समय: शनिवार, १० : ५२ बजे आश्विन २५ गते



गुल्मी–रुपन्देही सम्पर्क समितिको तेस्रो अधिवेशन उद्घाटन सँगै स्थगित

गुल्मी । नेपाली काँग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको तेस्रो अधिवेशन एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारी रहनुभएको थियो। अधिवेशनको सभापतित्व रुपन्देही सम्पर्क समितिका कार्यवाहक सभापति घनश्याम पन्तले गर्नुभयो भने सञ्चालन समितिका सचिव पृथ बहादुर फौजदारले गर्नुभएको थियो।

 

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, पूर्व सभापति राजेन्द्र प्रसाद पन्त, नेता तथा अभिभावक रबिराज ज्ञवालीलगायत गुल्मीका काँग्रेसीहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

तर, नेतृत्वले विधि र पद्धति विपरीत कोठे बैठकमार्फत प्रतिनिधि छनोट गरेको आरोप लगाउँदै अधिवेशन स्थगित गरिएको सहभागीहरूले बताएका छन्। उनीहरूले लोकतान्त्रिक विधि र पद्धति अनुसार पुनः पालिका अधिवेशन गराउन माग गरेका छन्।