सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २१ कार्तिक २०८२ / Thursday, 06 November 2025

गोदावरी नगरपालिकामा जापानको सहयोगमा नयाँ आधुनिक दमकल

प्रकाशित समय: बिहिवार, ०९ : ३४ बजे कार्तिक १४ गते



गोदावरी नगरपालिकामा जापानको सहयोगमा नयाँ आधुनिक  दमकल

ललितपुर,गोदावरी नगरपालिकामा नयाँ आधुनिक दमकल आइपुगेको छ। जापान सरकारको सहयोग र भोलेन्टियर कोर नेपाल को समन्वयमा दमकल उपलब्ध भएको हो।

 

भोलेन्टियर कोर नेपालका अध्यक्ष दिपक चौलागाँईले नगरपालिकालाई दमकल उपलब्ध गराउन समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

दमकल प्राप्तिसँगै नगरपालिकाले आगलागी नियन्त्रणमा अझ प्रभावकारी सेवा प्रदान गर्न सकिने विश्वास व्यक्त गरेको छ।

 

नगर प्रमुख गजेन्द्र महर्जनले भने, “गोदावरी नगरपालिकामा नयाँ आधुनिक दमकल आइपुगेको छ। अब आगलागी नियन्त्रणमा अझ प्रभावकारी सेवा प्रदान गर्न सकिनेछ। धन्यवाद सबै सहयोगी हातहरूलाई।”

 

दमकल भएपछि नगर क्षेत्रका जोखिमपूर्ण बस्ती तथा घना बस्ती क्षेत्रमा आगलागीको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।