सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन


प्रकाशित समय: आइतवार, ०६ : १९ बजे कार्तिक २३ गते



अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन

लामो समयको प्रतीक्षापछि अन्ततः अमेरिकी राष्ट्रपतिको नतिजा आएको छ । डेमोक्र्याट नेता जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। ७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए ।

 

उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७९ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको २१४ इलेक्टोरल भोट छ । अमेरिकामा राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोटको आवश्यकता पर्छ । डेमोक्रेटिक पार्टीबाट बाराक ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए ।

 

बाइडेनले ट्रम्पलाई पराजित गर्दै राष्ट्रपतिमा बाजी मारेका हुन् । यो नतिजालाई ट्रम्पले भने स्वीकार गरेका छैनन् ।