ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार रहनु भएका मंगलकृष्ण श्रेष्ठले आज आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसमा समाहित हुनुभएको छ। श्रेष्ठले महालक्ष्मी नगरपालिका–९, लामाटारमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदै नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनलाई विजयी गराउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा ललितपुर २ (ख) बाट ५,९५४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको श्रेष्ठले सबै मतदातालाई कांग्रेसको चुनाव चिन्ह #रूखमा मत हाल्न आह्वान गर्नुभयो। घरदैलो कार्यक्रममा पृष्ठभूमिको रूखलाई साक्षी राख्दै उहाँले कांग्रेसको विजय सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको थियो।
संयुक्त राष्ट्र संघअन्तर्गत सुडानसहित अफ्रिकी राष्ट्रहरूमा सामाजिक सेवाको अनुभव हासिल गरिसक्नुभएका श्रेष्ठ नवप्रवर्तन, लगानी प्रवर्द्धन अभियानका अभियन्ता, सम्पदा संरक्षक तथा innovative leader का रूपमा परिचित बौद्धिक व्यक्तित्व हुनुहुन्छ। उहाँको कांग्रेस प्रवेशसँगै ललितपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसको विजय अन्तर अझ फराकिलो हुने आंकलन गरिएको छ।
केही दिन अघि अभियन्ता मंगलकृष्ण श्रेष्ठसँग भएको भेटमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ