ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी महालक्ष्मी नगर कमिटीकी उपाध्यक्ष पुजा बस्नेत र समाजसेवी विनय जङ्ग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूलाई बागमती प्रदेश सभा सदस्य राम कृष्ण चित्रकारले टीका र खादा लगाई पार्टी प्रवेश गराएका हुन्। त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति महेश खड्काले नवप्रवेशीहरूलाई नेपाली कांग्रेसको सदस्यता कार्ड प्रदान गरे।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुजा बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू चरम अवसरवादी बनेको र पार्टीभित्र आन्तरिक भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै त्यसै कारण आफूले पार्टी परित्याग गरेको बताइन्।
नवप्रवेशीहरूले नेपाली कांग्रेस आफूलाई परिवर्तन गर्दै देश बदल्ने संकल्पसहित अगाडि बढिरहेको पार्टी भएको उल्लेख गर्दै यही उद्देश्यका साथ कांग्रेसमा प्रवेश गरेको स्पष्ट पारे।
साथै आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ का उम्मेदवार प्रेम कृष्ण महर्जनलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ