ललितपुर : महाङ्काल गाउँपालिका ले सामाजिक सञ्जालमार्फत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई लक्षित गरी फैलाइएका आरोपहरू भ्रामक, आधारहीन र कपोलकल्पित भएको स्पष्ट पारेको छ।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘genz mahakhal’ नामक फेसबुक पेज (फेक आइडी) बाट सार्वजनिक गरिएका सामग्रीमा कुनै सत्यता नरहेको जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष गणेश बहादुर के.सी. र प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता असत्य र भ्रामक सामग्रीले समाजमा भ्रम सिर्जना गर्नुका साथै सामाजिक सद्भाव र संस्थागत प्रतिष्ठामा नकारात्मक असर पुर्याउने उल्लेख गरिएको छ। विज्ञप्तिमा तथ्यहीन प्रचारप्रसारको पछि नलाग्न सबैलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा गलत सूचना फैलाउने व्यक्ति वा समूहको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिइएको छ।
सामाजिक सञ्जालमा ‘genz mahakhal’ नामक पेजमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी महाङ्कालको नाम समेत जोडेर अध्यक्ष के.सी.ले भ्रष्टाचार गरेको तथा उनलाई गाउँपालिका कार्यालय प्रवेशमा रोक लगाइएको भन्ने आशयका पोस्टहरू सार्वजनिक भएका थिए। ती पोस्टहरूमा फागुन २६ गते विरोध कार्यक्रम गर्ने र अख्तियारमा उजुरी दिने उल्लेख गरिएको थियो।
यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टी महाङ्कालले आफ्नो नाम दुरुपयोग भएको भन्दै उक्त गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
गाउँपालिकाले आफू सधैँ पारदर्शिता, सुशासन र जनउत्तरदायित्वप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै सत्यता नबुझी सामाजिक सञ्जालमा यस्ता सामग्रीहरू लाइक, कमेन्ट वा सेयर नगर्न सचेत नागरिकहरूलाई आग्रह गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ