हेटौंडा । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गरेको सवारी साधन चेकजाँचका क्रममा ६५ वटा सवारी जाँच गरिएको थियो । सोही क्रममा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउने कार्यले सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले यस्तो कार्यविरुद्ध कडाइ गरिएको हो ।
उनले सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए । साथै, सवारी चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह समेत गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ