सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सन्तानेश्वर महादेव मन्दिरको फेदी अब 'स्मार्ट' बत्तीले झलमल्ल

प्रकाशित समय: मगलवार, ०८ : १० बजे बैशाख १ गते



सन्तानेश्वर महादेव मन्दिरको फेदी अब 'स्मार्ट' बत्तीले झलमल्ल

ललितपुर,नयाँ वर्ष २०८३ को शुभ सुरुवातसँगै ललितपुरको गोदावरी नगरपालिका वडा नं. १३ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल श्री सन्तानेश्वर महादेव मन्दिर क्षेत्रमा एउटा महत्वपूर्ण विकास कार्य सम्पन्न भएको छ। मन्दिरको गुरुयोजना अनुसार फेदीको करिब एक किलोमिटर सडक खण्डलाई "शु-स्वस्थ (Healthy Road)" मार्गको रूपमा विकास गर्दै अत्याधुनिक सेन्सर बत्तीहरू जडान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

 

दैनिक बिहान हजारौँको संख्यामा भक्तजन तथा स्थानीय बासिन्दाहरू व्यायाम र हिँडडुलका लागि यो बाटोको प्रयोग गर्ने गर्दछन्। बिहान ४ बजेदेखि र बेलुकी १० बजे सम्म अँध्यारोको समयमा पनि बाटोमा हिँड्डुल र व्यायाम गर्दा हुने अँध्यारोको समस्या हटेको छ। मन्दिर परिसरको करिब १००० मिटर दूरीमा जडान गरिएका अत्याधुनिक बत्तीहरूले भक्तजनहरूलाई सुरक्षित र सहज वातावरण प्रदान गरेको छ।

 

यो परियोजना पूर्ण रूपमा व्यवस्थित र योजनाबद्ध तरिकाले सम्पन्न गरिएको हो। ५०-५० मिटरको दुरीमा २० वटा बलिया पोलहरू खडा गरिएका छन्।

 

प्रत्येक पोलमा २ वटाका दरले कुल ४० वटा अत्याधुनिक सेन्सर बत्तीहरू जडान गरिएका छन्, जसले आवश्यकता अनुसार आफै उज्यालो दिनेछन्।

प्रति पोल करिब रु. २०,०००/- लागत अनुमान गरिएको यस कार्यमा १० मिमी कालो तार र सिमेन्ट, बालुवा, गिटीको प्रयोग गरी गुणस्तरीय तरिकाबाट निर्माण गरिएको छ।

 

विशेष गरी कृष्ण कुमार खत्री (सेवा संघ पदाधिकारी) र गोकुल राज ओझाले बिजुली सम्बन्धी सम्पूर्ण प्राविधिक काम नि:शुल्क सम्पन्न गर्नुका साथै आगामी दिनमा मर्मत सम्भारको जिम्मेवारी समेत लिएका छन्।

यस पुण्य कार्यका लागि स्थानीय समाजसेवी, विभिन्न संस्थाहरू र वैयक्तिक दाताहरूले उल्लेख्य आर्थिक सहयोग पुर्‍याएका छन्। 

 

यस पुनित कार्यलाई सफल बनाउन आर्थिक सहयोग पुर्‍याउनुहुने महानुभावहरूको नामावली यस प्रकार छ:

 

१. राजेन्द्र के.सी. (राजु) २. बिनोद खड्का ३. मसदिरा ढुवानी सेवा ४. सन्तानेश्वर नौधारा सहकारी ५. राजकुमार खड्का पुर्तेल/चिरायू के.सी. ६. सचिन के.सी. ७. नर बहादुर खत्री ८. देबेन्द्र खत्री ९. राजेश ताम्राकार १०. स्व. ईच्छाराम के.सी.को स्मृतिमा परिवार ११. स्व. बलराम के.सी.को स्मृतिमा परिवार १२. स्व. रामकृष्ण तथा रामप्यारीको स्मृतिमा दयाराम अधिकारी १३. स्व. माता पिताको स्मृतिमा किरण स्थापित १४. स्व. प्रेम जंग तथा दया देबी सिजापतीको स्मृतिमा माधव/नारायणी सिजापती १५. स्व. जीबन कुमार बिष्टको स्मृतिमा भवानी बिष्ट १६. स्व. प्रताप के.सी.को स्मृतिमा अप्सरा के.सी. १७. झनक दत्त खनाल १८. स्व. ढुण्डीराज दाहालको स्मृतिमा दाहाल परिवार १९. नेपाली कांग्रेस वडा कार्य समिति (गो.न.पा.-१२)