सिन्धुपाल्चोक,नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसेमा १ सय ३३ जनाले रक्तदान गरेका छन् ।
विभागको आयोजनामा देशका विभिन्न जिल्लाहरुमा रक्तदान गर्ने पुर्व घोषित कार्यक्रम अन्तर्गत बिहीबार बाह्रबिसेमा रक्तदान कार्यक्रम गरिएको खेलकुद विभागका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जानकारी दिए ।
रक्तदान गर्नेमा दलित समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । कोरोना भाईरस र बाढी पहिरोको उच्च प्रभावको कारण बिरामीहरुको उपचारको लागि भईरहेको रगत अभावलाई मध्यनजर गरि बाह्रबिसे बजारमा रक्तदान कार्यक्रम गरिएको बस्नेतले बताए ।
रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १५ गते सम्म स्वास्थ्य मापदण्ड अपनाई चल्ने भएकोले सम्पूर्णलाई रक्तदान गरिदिनुहुन पनि उनले अपिल गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल