काठमाडौं,"रक्तदान जिवनदान" भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्गत मङ्सिर १४ गते काठमाडौंको गोठाटारमा नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका प्रमुख पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं खेलकुद विभागका सदस्य उद्घव खड्काको संयोजकत्वमा नेपाली काङ्ग्रेस पार्टीका अग्रज नेता गण, भातृ शुभेच्छुक संस्थाका पदाधिकारी लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन् ।
उक्त रक्तदान कार्यक्रमहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुर्व सुचना तथा सन्चार मन्त्री पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले "नेपाली काङ्ग्रेसका पार्टी सभापती शेरबहादुर देउवा ज्युले देशमा रगत अभाव हुँदै गर्दाको अवस्थामा देशमा भयावह अवस्था आउँछ यसलाई नेपाली काङ्ग्रेसले ख्याल गर्नुपर्दछ भनी शेरबहादुर देउवा ज्युको सल्लाह बमोजिम विभागले रक्तदान कार्यक्रम सन्चालन गरेको " कुरा प्रकाश पार्नुभएको छ । सम्बोधन गर्ने क्रममा "कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन्, अवसर पाउन लाइन लागेका छन् । कम्युनिस्टहरू लाई भने जस्तो भएन भने काटमार गर्छन्। हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरुलाई पनि काम लाग्छ। नेपाली काङ्ग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको हो", उहाँले थप्नुभयो ।
विभागले हाल सम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पुर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रमहरु देशका विभिन्न जिल्लहरुमा स्वास्थ्य मापदण्ड सहित चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ