सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कश्मीरमा पर्यटकलाई स्वागत गर्ने तयारी

प्रकाशित समय: मगलवार, ०९ : २१ बजे मंसिर १६ गते



कश्मीरमा पर्यटकलाई स्वागत गर्ने तयारी

 

श्रीनगर,भारतको कश्मीरस्थित श्रीनगर उपत्यकाको पर्यटन उद्योगलाई पुनर्जीवित गर्न जम्मू कश्मीरका टूर अपरेटरहरू कोवभड–१९ को प्रकोपका बीच आउँदो जाडो मौसमदेखी पर्यटन खुल्ला गर्ने तयारी गरिरहेका छन्। 

 

जम्मू कश्मीर प्रदेशमा कोरोनाभाइरसको संख्या बिस्तारै घट्दै गएकोले टूर अपरेटरहरूले कश्मीरमा पुनः पर्यटन गतिविधि सुधार हुने आशा गर्दै खुल्ला गर्ने तयारी गरिरहेका छन्। उपत्यकाकामा एक टुर अपरेटरले श्रीनगरको पर्यटन उद्योगलाई पुनर्जीवित गर्न आवश्यकतामा जोड दिदै कोरोना भाईरसको संक्रमण कम हुँदै जाँदा अब पुनः पर्यटक उद्योगले राम्रो गति लिने आशा गरिरहेको बताए। 

 

 

स्थानीय पर्यटन बिभागका निर्देशक अहमद रेडीनले श्रीनगरले सम्पूर्ण सुरक्षा सावधानीका साथ पर्यटन खुल्ला गर्ने तयारी गरिरहेको जानकारी दिए। जम्मू कश्मीरमा पर्यटन खुल्ला गर्ने तयारीबारे हालै मुम्बईका ७० भन्दा बढी ट्राभल अपरेटरसंगै, लेखक र पत्रकार लगायतको टोलीले हालै स्थलगत भ्रमण गरेको थियो। 

टाइम्स अफ इण्डीयाबाटः