एजेन्सी,चीनसँगको राजनीतिक तनाव जारी रहेका बेला भारतले ४३ वटा थप चिनियाँ एपहरु बन्द गरिदिने भएको छ । यसबारेमा बुधबार भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले भनेका हुन्, “भारत पक्षबाट राष्ट्रिय सुरक्षामा खतरा भन्ने बाहानामा हाम्रा केही मोबाइल एपहरु प्रतिबन्धित गर्नुको हामी विरोध गर्दछौँ । ”
भारत सरकारले मंगलबार मात्र यसबारे घोषणा गर्दै अलिबाबाका सेवाहरु सहित दर्जनौँ अरु चिनियाँ एपहरु निषेध गर्ने निर्णय सुनाएको हो । अलिबाबा कम्पनीले यस सम्बन्धी अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
यस सम्बन्धी भारतको सूचना तथा प्रविधि मन्त्रालयले आफ्नो बयानमा भनेको छ, “भारतको सार्वभौमिकता, अखण्डता, राज्य तथा जनताको सुरक्षा र सुव्यवस्थालाई ती एपहरुले प्रभावित गर्न सक्ने हुनाले त्यसैका आधारमा सो कारबाही अघि बढाइएको हो ।”
यसरी चर्चित एप टिकटक सहित भारतले पछिल्लो पाँच महिनामा २०० भन्दा धेरै चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । सिमा क्षेत्रको विवादमा यसअघि चनियाँ सेना र भारतीय सेनाबीच झडप पनि भएको थियो । जसपछि नै भारतीयहरुले चिनियाँ सरसामग्री र सेवाहरुलाई बहिस्कार गर्ने माग सुरु गरेका हुन् । सीएनएन
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल