एजेन्सी,बेलायतले तयार गरेको कोरोना खोप फाइजर लगाउने पहिलो व्यक्ति उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकी छन्। परीक्षणभन्दा बाहिरका व्यक्तिमा खोप पाउने उनी पहिलो भएको बिबिसीले जनाएको छ।
मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएको हो।
बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियानसमेत सुरु गरेको छ। पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ।
विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन्।
बेलायतको नियामक निकायले गत बुधबारमात्र फाइजरको खोपलाई अनुमति दिएको थियो। कतिपय वैज्ञानिक समुदायले बेलायतले अलि बढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ।
बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ। यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ। पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ। इनिस्किलिनकी किनानले युनिभर्सिटी अस्पताल कोभेन्ट्रीमा खोप लगाएपछि आफू अत्यन्तै विशेषाधिकार प्राप्त व्यक्ति झै भएको अनुभूति सुनाइन्।
स्वास्थ्य खबर बाट
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल