सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १३ माघ २०७७ / Tuesday, 26 January 2021

ट्वान्टी ट्वान्टी अन्तिम जीत अस्ट्रेलियाको


प्रकाशित समय: बुधवार, ०७ : ०६ बजे मंसिर २४ गते



ट्वान्टी ट्वान्टी अन्तिम जीत अस्ट्रेलियाको

सिड्नी,अस्ट्रेलियाले तेस्रो तथा अन्तिम वान डेमा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतको पक्षमा २–१ रह्यो । 

 

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो । त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे । जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो । 

 

भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् । पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।