ललितपुर, ललितपुरको चापागाउँमा एक लाख बढी धनराशीको फुटसल प्रतियोगिता सुरु भएको छ । नेपाल विद्यार्थी संघ ललितपुर क्षेत्र नं १ को आयोजनामा प्रथम विपि स्मृति फुटसल कप प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगिता आजबाट सुरु भएको छ। चापागाउँ सेराफाट फुटसलमा आयोजना भईरहेको प्रतियोगितामा १८ वटा टीमले भाग लिएका छन् ।
प्रतियोगिताका विजेताले प्रथम पुरस्कार नगद ७५ हजार, दोस्रो ५० हजार र तेस्रो हुने टोलीले नगद २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट प्लेयर,गोल्डकिपरले ५/५ हजार प्राप्त गर्ने आयोजकले बतायो । साथमा सिल्ड तथा प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।
आजबाट सुरु भएको फुटसल प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गरेका हुन्। कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, पुर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा, नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीन कृष्ण महर्जन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन लगायत नेपाली कांग्रेस ललितपुरका थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ