ललितपुर, जिल्ला सहकारी सङ्घ लिमिटेड ललितपुरको प्रयोगमा ल्याउने भएको नयाँ भवन उद्घाटन गरिएको छ ।
नेपाल भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत ‘निर्मित सहकारी प्रवर्द्धन केन्द्र’ को तीन तले भवनको आज एक कार्यक्रम बीच काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र पूर्व अर्थराज्य मन्त्री उदय शमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा खम्पाले नेपाल–भारतको सम्बन्ध थप उच्च गतिमा पु¥याउन लागि आफूहरु सहयोग गर्न लागि परेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “आउँदा दिनमा पनि हामी आवश्यक सहयोग गर्न चाहान्छौं ।”
यसैगरी पूर्व अर्थ राज्यमन्त्री राणाले तत्कालीन समयमा स्थानीय सरकार र जनप्रतिनिधि बिहिन हुँदा पनि आफूले देशको अर्थतन्त्रको मुल खम्बालाई बढवा दिन आवश्यक समस्याको पहिचान गरी भवन निर्माणमा ध्यान दिएको बताउनुभयो । उहाँले सहकारीमार्फत जनस्तरमा आर्थिक हिसाबले सम्पन्नता तर्फ लगेको बताउँदै सहकारी भवन निर्माणले स्थानीय किसानले उत्पादन गरेका दुध, तरकारीको बजारिकरणलाई सहज हुने बताउनुभयो।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सो सहकारी मार्फत सहकारी बजार लगायतका कृषि कार्यक्रम आदि अघि बढाउन चाहेको मत व्यक्त गर्नुभयो ।
अध्यक्ष माधव दुलालले वि स २०२८ चैत २४ मा स्थापित यस सहकारी सङ्घ लिमिटेडमा एक हजार एक सय भन्दा बढि सहकारी संस्था आवद्ध रहनुका साथै तीन लाख ५० हजार बढि सदस्य सङ्ख्या रहेका मत व्यक्त गर्नुभयो ।
नवनिर्मित भवनको पहिलो तला खुल्ला बजारको लागि प्रयोग गरिनुका साथै दोस्रो तलामा कार्यालय एवं प्रशिक्षण केन्द्र, बहुद्देश्यीय, हल, एउटा स्रोत केन्द्र अनि चमेना गृह र बहुद्देश्यीय बेसमेन्टको एक खण्डमा पाकिङको सुविधा समेत बताइयो ।
सो सहकारी सङ्घले सहकारी गतिविधिका नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्धन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवं सुद्धिढीकरण गर्दै आएको दुलालले जानकारी गराउनुभयो ।
सन् २००३ यता भारतले नेपालमा ४४६ उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकदा ललितपुरमा सहकारी भवन, महाङ्काल गाउँपालिकामा अवस्थित महाङ्काल क्याम्पस सहितका नौ परियोजना सम्पन्न गरिसकेको बताइयो । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने माहानुभावहरुलाई सम्मानसमेत गरिएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ