ताइपेइ,ताईवान नरसंहार (फेब्रुअरि २८ घटना) को ७४ औं वर्ष पुगेको संझनामा प्रदर्शन भएको छ। सन् १९४७ फेब्रुअरि २८ मा ताइवानमा भएको नरसंहारको ७४ औं जयन्तीको अवसरमा दुई सय भन्दा बढी मानिसहरुले राजधानी ताइपेइमा प्रदर्शन गरेका हुन् ।
सन् १९७४ फेब्रुअरि २८ बाट शुरु भएको सरकार बिरोधी आन्दोलनमा करिब बीस हजार मानिसले ज्यान गुमाएका थिए। ताइवान नरसंहार लाई फेब्रुअरि २८ घटना पनि भन्ने गरिन्छ ।
सन् २०१७ देखि ताइवानका प्रबुद्ध समुहहरुले शुरु गरेको बार्षिक प्रदर्शनीको रुपमा यो बर्ष पनि ताईवान नरसंहारको जयन्तीमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरुले कालो कपडा लगाएर प्रदर्शन गरेको थिए । प्रदर्शनकारीले नरसंंहारमा ज्यान गुमाएका हजारौं व्यात्तिहरुको नाम उच्चारण गर्दै उनीहरुको स्मरण गरे। विगतलाई स्मरण गर्दै भविष्य राम्रो हुनेप्रति आशावादी रहेको प्रदर्शनमा सहभागीले बताए ।
सन् १९४७ फेब्रुअरि २८ मा सर्वसाधारणहरुले निर्दोष व्यक्तिको हत्याराको माग गर्दै आन्दोलन चर्काएपछि तत्कालीन चीन सरकारले उनीहरुमाथि आक्रमण गरेको थियो । धेरै समय लामो जारी आन्दोलनमा हजारौं सर्वसाधारणको ज्यान गएपछि १९४९ मे १९ बाट १९८७ जुलाई १५ सम्म ताईवानमा सैनिक शासन लागू गरिएको थिायो । त्यस समयमा सरकार बिरोधीहरुलाई दमन र नियन्त्रण गरीएको थियो । स्रोत जी फाईभ
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ