सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ११ जेठ २०८२ / Saturday, 24 May 2025

भारतले बंगलादेशलाई इण्डो प्यासिफिक सहकार्यमा सामेल गरी पारस्परिक सम्बन्ध थप बलियो बनाउने

प्रकाशित समय: बुधवार, ०६ : ३६ बजे चैत्र ११ गते



भारतले बंगलादेशलाई इण्डो प्यासिफिक सहकार्यमा सामेल गरी पारस्परिक सम्बन्ध थप बलियो बनाउने

नयाँ दिल्ली, भारतले छिमेकी मुलुक बंगलादेशलाई इण्डो प्यासिफिक सहकार्यमा सामेल गराउने योजना सँगै दुई देशबीच सम्बन्ध थप बलियो हुने बिश्लेषण गरिएको छ । 

 

भारतले बंगलादेशलाई इण्डो प्यासिफिक सहकार्यमा सामेल गराउने योजना स्वरुप बंगलादेशसँग पूर्वाधार जोड्ने बिषयलाई महत्व दिइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मैत्री सेतु अभियान भर्चुअल रुपमा उद्घाटन गरेका छन् । यो अभियान अन्तर्गत भारतको उत्तरपूर्वी भू–परिवेष्ठित क्षेत्रहरुलाई बंगलादेशको चिटगोङ बन्दरगाहमा सहज पहुँच दिने योजना रहेको छ । पुर्वाधार जोड्ने कार्य अन्तर्गत फेनी नदीमा भारतको त्रिपुरा र बंगलादेश जोड्ने एक दशमलब नौ किलोमिटर लामो पुल निर्माण गरेको छ ।

 

 भारतको छिमेकी नीति अन्तर्गत मैत्री सेतु, फ्रेन्डसिप ब्रीज बाहेक बंगलादेशसँग अन्य विभिन्न साझेदारी कायम छ । दुई देशबीच रेलसेवा, रोड तथा हवाई सम्पर्क जस्ता साझेदारीले दुई देशबीच सम्बन्ध उच्च तहमा पुर्‍यउने विश्लेषण गरिएको छ । 

 

त्यस्तै, मानिसबीच सम्पर्क र व्यापार बढाउन बंगलादेशले दुई महत्वपुर्ण बन्दरगाहहरु चिटगोङ र मोंग्ला प्रयोगका लागि भारतलाई अनुमति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि मार्च २६, २७ मा बंगलादेशको भ्रमणमा जाँदैछन् । कोभिड–१९ को लकडाउन पछि यो नै प्रधानमन्त्री मोदीको पहिलो विदेश भ्रमण हुनेछ । स्रोतः द प्रिन्ट