नयाँ दिल्ली । भारत सरकारले हाल सम्म ४ करोड ८१ लाख कोभिड–१९ बिरुद्धको खोप विभिन्न मुलुकमा निर्यात गरेको छ।
भारतले उत्पादन गरेको कोभाक्स र कोभिशिल्ड खोपहरु विभिन्न मुलुकमा चार करोड एकासी लाख डोज निर्यात गरेको बाह्य मामिला राज्य मन्त्री भी मुरलीभरणले लोकसभामा बताएका छन् ।
भारतले आगामी दिनमा अन्य मुलुकमा पनि खोप निर्यात गर्ने उनले बताए। भारतमा खोप उत्पादन र सर्वसाधारणमा खोप लगाउने योजना अन्तर्गत कति खोप आपूर्ति गर्ने भन्ने निर्भर रहने उनले बताएका छन्।
भारतले अनुदान, उत्पादकद्धारा वित्तिय उदेश्यले र गाभी कोभाक्स गठबन्धन गरि तीन विभिन्न किसिमले खोप आपुर्ति गरिरहेको बाह्य मामिला राज्य मनत्री मुरलीभरणले बताए । तीमध्ये ७३ लाख डोज खोप अनुदान सहयोग, दुइ करोड ८८ लाख डोज वित्तिय उदेश्य र एक करोड १९ लाख डोज खोप कोभाक्स गठबन्धन अन्तर्गत आपुर्ति गरेको उनले बताएका छन् । स्रोतस् बिजनेस स्टान्डर्ड
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ