नयाँ दिल्ली । लगानी आकर्षणको दृष्टिकोणले भारत विश्वको पाचौँ देश बनेको छ ।
पीडब्ल्युसि ग्लोबल सिईओ सर्वेक्षणले गरेको बिश्लेषणमा लगानीको दृष्टिकोणले भारत पाचौँ स्थानमा आएको हो । बजार बिस्तार र वृद्धिको दृष्टिकोणले अमेरिकाले पहिलो स्थान ओगटेको छ, भने चीन दोस्रो मुलुक बनेको छ ।
त्यस्तै जर्मनी तेस्रो स्थानमा आएको छ ,भने युरोपेली संघबाट बाहिरिएपछि बेलायत चौथो स्थानमा आएको बिश्लेषण गरीएको छ । सर्वेक्षणमा भारत पाँचौ स्थानमा आएको हो ।
विश्वका ठुला प्रमुख कार्यकारी अधिकारी (सिईओ) हरु विश्वमा आर्थिक स्थिती माथि उठ्नेप्रति विश्वस्त रहेको पनि सर्वेक्षणले देखाएको छ । आर्थिक स्थिती बृद्धि हुनेप्रति विश्वका सिईओहरुको विश्वास २४ बर्ष यताकै उच्च रहेको पनि सर्वेक्षणले जनाएको छ ।
यधपी, कोभिड १९ महामारीका कारण स्वास्थ्य क्षेत्रमा ठुलो त्रास बढेको छ भने साईबरसुरक्षा व्यापार क्षेत्रमा दोस्रो ठुलो त्रास बनेको सर्वेक्षणमा उल्लेख छ । स्रोत सिएन्बीसी टीभि१८
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ