काठमाडौं । भारत सरकारले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि ४ करोड २९ लाख अनुदान सहयोग प्रदान गरेको छ। गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले ४ करोड २९ लाख अनुदान सहयोग प्रदान गर्ने भएको हो। दूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच यही २०७७ साल चैत्र २३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गतको उक्त ४ करोड २९ लाखको लागतमा निमार्ण परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने बताइएको छ ।
भारत सरकारले सन् २००३ यता साविकको साना विकास परियोजना र हालको उच्च प्रभाव सामुदायिक परियोजना अन्तर्गत ५ सय २० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४ सय ४८ वटा परियोजना सम्पन्न भइसकेका छन् । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका ७ र निर्माणका विभिन्न चरणमा रहेका ८ गरी प्रदेश १ मा मात्रै ६५ वटा परियोजना भारत सरकारले बनाइदिएको छ।
स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सरसफाई तथा सार्वजनिक सुविधा, कनेक्टिभिटि, क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु उच्च प्रभाव सामुदायिक परियोजना अन्तर्गत पर्दछन् ।
भारतले २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका ८ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ। तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण परियोजना भने टेण्डर प्रक्रियामा रहेको छ । स्रोतः याहु न्यूज
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ