नयाँ दिल्ली। भारतले पूर्वी लद्दाखको बाँकी इलाकाहरूमा पनि शान्ति सुरक्षा सुनिश्चित गर्न चिनियाँ सेनालाई आह्वान गरेको छ।साप्ताहिक प्रेस ब्रीफिंङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बाँकी क्षेत्रबाट पनि सैन्य संलग्नता त्याग्न र शान्ति शान्ति र द्विपक्षीय सम्बन्ध अगाडी बढाउन चीनसंग आग्रह गरेका हुन। उनले गत मार्च १२ मा दुई देशका सैनिक अधिकारीहरुले गरेको समन्वय परामर्शमा ११ औं बैठक बोलाउने कुरामा सहमति भएको जानकमारी दिँदै सो क्षेत्रमा चिनियाँ संलग्नता हट्नुपर्ने बताएका हुन। उक्त क्षेत्रमा दुई देश गत एक बर्ष देखि जारी सैन्य टकराव हटाउन सैन्य र राजनैतिक स्तर मा भएको वार्तापछि गत महिना सबैभन्दा विवादास्पद क्षेत्रमा शान्ति कायम गर्न भारत र चीन सहमत भएका थिए। दुई देशबीचको जारी सैन्य तनाव कम गर्न उल्लेखनीय भूमीका खेलेको श्रेय भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नारावने तथा संकटमा उचित भूमिका खेल्दै सहमतिको नतिजा निकाल्न सफल भएको भन्दै राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको नीतिको प्रशंसा गरिएको छ। स्रोतः एएनआई
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ