क्यानबेरा । कोभिड १९ माहामारीका बाबजुद चीनले ६ दशमलब ८ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको छ ।
कोभिड १९ माहामारीमा आर्थिक क्षेत्रमा परेको असरका बाबजुद चीनले रक्षा बजेट दुई सय ७२ अर्ब अमेरिकी डलर बराबर बनाएको हो । यो बजेट गत बर्षको दुई सय ६१ अर्ब अमेरिकी डलर बराबर भन्दा ६ दशमलब ८ प्रतिशतले धेरै हो । गत बर्ष पनि ६ दशमलब ६ प्रतिशतले चीनले रक्षा बजेट वृद्धि गरेको थियो । सैन्य शक्ति बिस्तारमा जोड दिईरहेको चीनले प्रत्येक बर्ष जस्तो रक्षा बजेट वृद्धि गर्दै आएको छ । चीनको सैन्य शक्ति विस्तारले अष्ट्रेलियाको संघीय सरकारको नीति निर्धारण हुने अष्ट्रेलियाली सुरक्षा विज्ञ साम रोजेभीनले बताएका छन् । विगत केही बर्षयता सैन्य शक्ति बिस्तारमा जोड दिदै आएको चीन अमेरिका पछि दोस्रो ठुलो रक्षा बजेट छ्ट्याउने देश बन्दै आएको छ । तीस लाख सैन्य बल भएको चीनले विमान बाहक, आणविक पनडुब्बी जस्ता सैन्य सामाग्रीहरुमा जोड दिईरहेको छ । चीनको सैन्य शक्ति विस्तार तथा आधुनिकीकरण अष्ट्रेलियाको मुख्य चासोको बिषय रहेको पनि रोजेभीनले बताएका छन् । स्रोत नाईन न्युज
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ