सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

सदरमुकाममा पानीको हाहाकार,दुई महिनासम्म आउन्न धारामा पानी

..
प्रकाशित समय: मगलवार, ११ : ५० बजे चैत्र १९ गते



सदरमुकाममा पानीको हाहाकार,दुई महिनासम्म आउन्न धारामा पानी

सिन्धुपाल्चोक-  जिल्लाको सदुरमुकाम समेत रहेको चौतारामा वर्षौदेखि एउटै समस्या कतै पाइप फुटेर जताततै पानि वालछ्याल भने घरघरमा पानि आउनुपर्ने धारा चाहिँ ठ्वाङराङा सुकेर बसेका छन् । त्यसैले चौताराबासीले वर्षाैदेखि खानेपानिको समस्या झेलीरहेका छन् ।

 

खानेपानिको समस्यालाई सामाधान गर्न माग गर्दै सोमबार खानेपानि उपभोक्ता संघर्ष समिति चौताराले ९ बुधे माग सहित ज्ञापनपत्र बुझाएका छन् । स्थानिय उपभोक्ताहरुले करिब ४ सय जनाको हस्ताक्षर सहित चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यलय , चौतारा साँगाचोकगढी नगरपालिका ५ वडा कार्यलय , जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र खानेपानी तथा सरसफाई डिभिजनमा ध्यानआकर्षन सहित पत्र बुझाएका हुन् ।

 

दैनिक उपभोग गर्न मानिसको जीवनमा अती आवश्यक पर्ने पानिको उचित ब्यवस्था नहुदा चौतारा साँगाचोक गढी नगरपालिका ५ वडाका ६ हजार १ सय ५६ जनसंख्य प्रभावित भएका हुन् ।

 

स्थानियले एक घर एक धारा अनिवार्य उपलब्ध गराउनुपर्ने , सडकको दायाँबायाँ रहेका अब्यवस्थित खानेपानीको पाइपलाई उचित ब्यवस्था गर्नुपर्ने ,टुटफूट भएर चुहावट भएका पाएपको तत्काल मर्मत गरी खानेपानीकोे सहज आपुर्ती उपलब्ध गराउनुपर्ने लगायतका माग गरेका छन् । साथै १५ दिनभित्र माग पुरा हुनेपर्ने नभएमा चरणबद्ध संघर्ष गर्न बाध्यहुने उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

 

चौतारा बजारको सडक दायाँबायाँ पाइप फुटेर वा टुटेर जथाभावी पानी खेरा गएपनि जुगल थालखर्क होल्चे खानेपानि उपभोक्ता तथा सरसफाई समितिले ब्यवास्था गरेको चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ का स्थानिय रबिन्द्र श्रेष्ठले बताउनुभयो । यस्तै अर्का उपभोक्ता चौतारा बजारकी कमलादेभी श्रेष्ठ भन्नुहुन्छ “दुइ महिना भइसक्यो धारामा पानी नआएको ,आएपनि कसैको धारामा पानि आउछ कसैको धारामा पानी नै आउदैन”!

 

उपभोक्ताले नियमित महिनामा ३ सय रुपैयाँ पैसा बुझाउने गरेपनि जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जिम्मेवारीकासाथ काम नगरेको स्थानियको गुनासो छ । जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सुवास कर्माचार्य हुन । तर खानेपानीको समस्या भने उनले समाधान गर्न सकेका छैनन् वषौवर्षदेखि त्यही समस्या ब्यहोर्दै आउनुपरेको स्थानियको कुरा छ ।

 

पुराना काम नलाग्ने पाइपको ठाउँमा अहिले २ सय ५० मिटर नयाँ पाइप विछ्याउने काम भइरहेको जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष संसार श्रेष्ठको भनाइ छ ।

 

खानिपानिको समस्यालाई समाधान गर्न उपभोक्ता , खानेपानि समिति, खानेपानी तथा सरसफाई डिभिजन र सरकारवालाबिच बैठक बसको थियो । सो बैठकमा तत्काल ,टुटफूट र चुहावट भएका ठाउँमा प्लम्बर उपलब्ध गराउने निणर्य भएको चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताउनुभयो ।

 

यसका साथै जाइका नामक संस्थाले बनाएको पाइपलाइनमा दुवै मुहानको पानि खसालेर वितरण गरेपछि चौताराबासीको खानेपानीको समस्या समाधान हुने जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले एक घर एक धारा पनि उपलब्ध गराउने सहमति भएको छ ।