काठमाडौं,नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । उहाँले हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो ।
मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा ३६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताउनुभएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ