सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

अक्सिजन प्लान्ट जडानका लागि १२  अस्पतालमा रकम निकासा

प्रकाशित समय: सोमवार, ०८ : २६ बजे जेठ १० गते



अक्सिजन प्लान्ट जडानका लागि १२  अस्पतालमा रकम निकासा

काठमाडौं । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोथकाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । 


 अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियू जडान  र पिसिआर मेसिन खरीद लागि थप  १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी रकम प्राप्त गर्नेमा त्रिवि शिक्षण अस्पतालल रु ८० लाख,  जिल्ला अस्पताल चौतारा रु ७५ लाख,  जिल्ला अस्पताल दैलेख रु ७५ लाख,  जिल्ला अस्पाताल धनकुटा रु ७५ लाख, जिल्ला अस्पताल जलेश्वर रु ७५ लाख, जिल्ला अस्पताल इलाम रु ७५ लाख  रहेको छ । 

 
यस्तै जिल्ला अस्पताल संखुवासभा रु ८० लाख, रामेछाप अस्पताल रु ७५ लाख,  चौरजहारी अस्पताल रुकुम पश्चिम रु ७५ लाख,  टिकापुर अस्पताल कैलाली रु ७५ लाख, ओखलढुङ्गा अस्पताल रु २५ लाख र व्यास अस्पतालका रु  २५  रहेको छ ।  


स्वास्थ्य तथा जनसङ्ंख्या मन्त्रालयले माग अनुसार अर्थ मन्त्रालयले कोभिड –१९ नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।