जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष श्री शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भाप्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सि आर एम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट श्री प्रभात मिश्राद्वारा गरिएको हो । मिश्र ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिमा बिज्ञ हुनुहुन्छ ।
जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडागर्ने कुुरामा कम्पनी विश्वस्त छ ।
विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भाप्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ