सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

आम संञ्चार विधेयक बिरुद्ध युनियन आन्दोलनमा, सञ्चारमन्त्रीका कार्यक्रम देशैभर बहिष्कार गर्ने


प्रकाशित समय: आइतवार, ०७ : ४० बजे बैशाख २९ गते



आम संञ्चार  विधेयक बिरुद्ध  युनियन आन्दोलनमा, सञ्चारमन्त्रीका कार्यक्रम देशैभर बहिष्कार गर्ने

काठमाण्डौं- मिडियालाई नियन्त्रण गर्ने नियत राखि सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।

 

महासचिव अजयबाबु शिवाकोटीले आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिएको कूु को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरि सार्वजनिक गरेको छ ।

 

युनियनले मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट  देशैभर बहिस्कार गर्ने र मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा  केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।  उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने विज्ञप्तीमा भनिएको छ ।

 

मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तर्क्रिया गर्ने, मिडिया नियन्त्रण गर्न खोज्ने  सरकार बिरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने र साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागि हुन अपिल गर्ने कार्यक्रम युनियनले तय गरेको छ ।