सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

प्रकाशित समय: शनिवार, ०४ : ५२ बजे श्रावण ९ गते



थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६२५ पिरिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ र ४ हजार २ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पिसिआर र २ लाख ८६ हजार ४६४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।