काठमाडौँ, १० साउन।नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ५६९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ३९ र ३ हजार २ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ६९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ७ सय ९९ जना पुगेको छ । त्यस्तै थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।त्यस्तै थप २ हजार ५० संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ४३ हजार ६१५ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा २७ हजार २२८ सक्रिय संक्रमित आइशोलेशन र ३४० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ३९ हजार ८३ वटा पिसिआर परिक्षण तथा २ लाख ८९ हजार ७२९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ