सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एनआरएनए बेल्जियमको चुनावमा कुटाकुट

प्रकाशित समय: सोमवार, ०८ : ५३ बजे श्रावण ११ गते



एनआरएनए बेल्जियमको चुनावमा कुटाकुट

ब्रसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको चुनावका क्रममा कुटाकुट भएको छ । आगामी कार्यकाल २०२१/२३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा एकआपसमा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

 

यस पटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवशायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको छ ।अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी हुन्, भने भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य हुन् । निर्वाचनमा हुने विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा यो पटक नयाँ तथा पुराना गरी २ हजार १६२ जनाले मात्र पंजिकृत सदस्यता लिएका छन् ।