सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

सेप्टेम्बर अन्तिमसम्म कोरोनाविरुद्धको बुस्टर खोप नलगाउन डब्लूएचओको अनुरोध

प्रकाशित समय: बिहिवार, ०९ : १० बजे श्रावण २१ गते



सेप्टेम्बर अन्तिमसम्म कोरोनाविरुद्धको बुस्टर खोप नलगाउन डब्लूएचओको अनुरोध

एजेन्सी ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कम्तिमा सेप्टेम्बर अन्तिमसम्म कोरोना भाइरस विरुद्धको बुस्टर खोप नलगाउन अनुरोध गरेको छ ।

 

डब्लूएचओका प्रमुख डाक्टर ट्रेडोस अदहानोम ग्रयाब्रिसियसले सेप्टेम्बर सम्ममा बुस्टर खोप लगाउने काम रोक्दा विश्वका सबै देशमा कम्तिमा १० प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप पाउने बताउनुभयो । इजरायल र जर्मनीसहित अरु केही देशले कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा दिने बताएपछि ट्रेडोसले त्यसो नगर्न अनुरोध गर्नुभएको हो ।डब्लूएचओका अनुसार कम आय भएका देशमा आपुर्ति कम हुँदा प्रत्येक सय जना मानिसमा १ दशमलव ५ मात्रा मात्र दिइएको छ । डाक्टर ट्रेडोसले कम आय भएका देशमा पनि कोरोनाविरुद्धको खोप पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

 

डब्लूएचओले अर्को महिनासम्ममा सबै देशमा कम्तिमा १० प्रतिशत मानिसले खोप लगाउनुपर्ने बताइरहेपनि त्यसो हुने संकेत देखिएको छैन ।