काठमाडौं । धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगााउने उद्धेश्यले सरकारले यही साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चलाउने भएको छ । अभियानका लागि खोप केन्द्रहरूको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दावी छ ।
आज भुटानबाट ३ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने र यसले अभियान चलाउनका लागि सहयोग पुग्ने मन्त्रालयको भनाइ छ । संसदको स्वास्थ्य तथा शिक्षा समितिको हिजोको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भोलि र पर्सि गरी ११ लाख मात्रा कोरोनाविरुद्धको खोप आएपछि अभियान चलाइने जानकारी दिएका थिए ।
समितिको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ सङ्क्रमित थपिने सम्भावना रहेको बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ