काठमाडौं, २३ साउन । नेपालमा शनिबार थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २ सय ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३५ हजार ४३२ सक्रिय संक्रमित आइशोलेन र ४४३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३६ लाख ७४ हजार ७०१ वटा पिसिआर र ३ लाख ५४ हजार २५० वटा एन्टीजेन परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ