सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

प्रधानमन्त्री कप क्रिकेट - प्रदेश ३ सेमिफाइनलमा


प्रकाशित समय: मगलवार, ०७ : २० बजे जेठ २१ गते



प्रधानमन्त्री कप क्रिकेट - प्रदेश ३ सेमिफाइनलमा

काठमाडौँ-  प्रदेश नं ३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

 

जीतसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । १५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

 

प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए । आदिल खानले अविजित ३३, कप्तान पारस खड्काले २६ रन, रवीन जोशीले १३, प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए ।

 

बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले एक÷एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए ।

 

बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले दुई÷दुई विकेट लिए ।