नयाँ दिल्ली, २८ साउन।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।
सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए ।केही दिन अगाडिसम्म दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।भारतमा अहिले ९७.४५ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड १२ लाख ६० हजार ५० पुगेको छ ।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ