काठमाडाैं, १३ भदाै । स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित हात पारेकाे छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले हेर्थ बिएससीलाई ५-० गोल अन्तरले पराजित गरेको हो। खेल पूरै नियन्त्रणमा राखेको बायर्नले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ३ गोल वर्षाएकाे थियाे ।
बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे भने थोमस मुलर र जमल मुसिआलाले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए। खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्नको अग्रता ३-० को बन्यो।
खेलको ७० र ८४ मिनेटमा लगातार गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक गोल पूरा गरे । फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ। लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा समेत उक्लिएको छ। लगातार तेस्रो हार व्यहोरेको हेर्थ अंकविहीन रहँदै पुछारमा छ। यस्तै, बुन्डेस लिगमा बायन लेभरकुसेनले एफसी औगसबर्गलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ