एजेन्सी । कोरोना भाइरसको डेल्टा भेरिएन्टका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या दुई गुणा बढी रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा भएको एक अध्ययन अनुसार कोरोनाको डेल्टा भेरिएन्टका कारण बिरामी भएर अस्पताल भर्ना हुने दर दुई गुणा रहेको पाइएको हो ।
द ल्यासेन्ट नामक जर्नलमा प्रकाशित अध्ययनमा कोरोनाको खोप लगाएकाहरुमा पनि डेल्टाले सङ्क्रमण गराएको तर, मृत्यु हुनेदर कम रहेको उल्लेख गरिएको छ । कोरोनाविरुद्धको खोप लगाएरपनि अस्पताल भर्ना हुनेको सङ्ख्या बढी रहेपनि डेल्टा भेरिएन्टले मृत्यु हुने जोखिमलाई कम गरेको अध्ययनमा उल्लेख गरिएको छ ।
पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टका कारण मानिसहरु बढी सङ्क्रमित हुने थालेको र विश्वकै लागि चिन्ताको विषय बनेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । बेलायत, अमेरिका, इन्डोनेशिया, भारत, रुस लगायतका विभिन्न मुुलुकमा कोरोनाको डेल्टा भेरिएन्टका कारण कोरोनाको तेस्रो लहर सुरु भएको छ । मेडिकल पब्लिक हेल्थ इंग्ल्यान्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा यसै वर्षको मार्च र मे महिनाको बीचमा गरिएको अध्ययनमा ४३ हजार ३ सय ३८ जनालाई सहभागि गराइएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ