सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मोडेर्ना खोपमा भेट्टियो मिसावटयुक्त काला कण

प्रकाशित समय: बुधवार, ०१ : ०७ बजे भदौ १६ गते



मोडेर्ना खोपमा भेट्टियो मिसावटयुक्त काला कण

टोकियो।जापानमा कोरोनाबिरुद्ध लगाइने मोेडेर्ना खोपमा मिसावट भेटिएको पुष्टि भएको छ । एउटा ब्याचभित्र राखिएका खोप परीक्षणका क्रममा एउटा बोत्तलमा काला कण भेटिएका हुन् । 

 

मिसावट देखिएपछि सो ब्याचका सबै खोप रोक्का गरिएको छ ।  सो ब्याचबाट ३ हजार ७ सय ९० जनाले खोप लगाइसकेका थिए । एक साताअघि मात्र जापान सरकारले मिसावटको आशंकामा मोडेर्नाका  १६ लाख डोज खोप रद्द गरेको थियो । बिज्ञहरुले परीक्षण गर्दा ‘काला बस्तु’ देखेपछि  खोपका तीन वटा ब्याच रोक्का गरिएको  थियो । जापानमा मोडेर्ना खोप बिक्री तथा वितरण गर्दै आएको ताकेदा फर्माक्युटिकलले  मिसावटको आशंका लागेका खोप जम्मा गरेको छ । खोपको सम्भावित मिसावटले मानिसहरुको स्वास्थ्यमा हानी पुगेको प्रमाण अहिलेसम्म नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

खोपको बोत्तल निर्माणको जिम्मा पाएको स्पेनी फर्माक्युटिकल कम्पनी  रोभीले बोत्तलमा हुन सक्ने सम्भाबित समस्याबारे अनुसन्धान गरिने जनाएको छ । मंगलबार मात्र जापानका  स्वाथ्यमन्त्रीले बोत्तलभित्र इन्जेक्सन गलत तरिकाले घोच्दा खोपमा मिसावटको आशंका लागेको बताएका थिए । 

अहिलेसम्म जापानका ४० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ५० प्रतिशतले एउटा मात्र डोज लगाएका छन् ।एजेन्सी