काठमाडौं । नायिका करिश्मा मानन्धरले व्यापार थालेकी छन् । उनले अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा भित्र्याउन सफल भएकी छन् ।
रिसिक ट्रेडिङ कर्न्सन प्रालि मार्फत उनले इन्टेक्स ब्राण्डका सामानका लागि आधिकारिक विक्रेताको रूपमा भित्र्याउन थालेकी हुन् । नायिका मानन्धरले विश्वबजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामान गुणस्तरीय र भरपर्दो रहेको दाबी गरिन् ।
कर्न्सनकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रूपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको समेत बताइन् । इन्टेक्स ब्राण्डका सामान विश्व बजारमा २५ वर्षदेखि उपलब्ध छन् ।
इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालका अनुसार इन्टेक्स ब्राण्डका सामानको एक वर्ष देखि १० वर्षसम्म वारेन्टी छ । आठ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ