काठमाडौँ । नेपालसहित विभिन्न मुलुकका १० चलचित्र निर्माता तथा भ्लगर्स सगरमाथा आधार शिविरमा पदयात्रामा निस्कने भएका छन् । २५ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’द्वारा सम्मानित मिङमा शेर्पाका साथमा अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकासहितका चलचित्र निर्माण तथा भ्लगर्स पदयात्रामा जाने भएका हुन् ।
कामीरिता पदयात्राका लागि मुख्य प्रशिक्षक (हेड कोच) रहनेछन् भने मिङमाले पदयात्रा टोलीको नेतृत्व गर्ने छन् । विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित पदयात्रा आयोजना हुन लागेको नेपाल भ्लग च्यालेन्जले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ