जेरुसेलम, २१ भदौ।इजरायलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो ।
बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो । शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुले आफै खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने ।
इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन् ।शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो ।
टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।
एजेन्सी
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ