काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् । यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् ।
झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।
सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ