सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु    

प्रकाशित समय: बिहिवार, १२ : ४० बजे आश्विन ७ गते



हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु    

लागोस,७ असोज।नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिहरुको ज्यान गएको बताएका हुन् ।     
     
सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिहरुको ज्यान गएको र अरु कैयौँ विरामी परेका उनले जानकारी दिएका छन् ।     
     
ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए । अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।रासस