काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले ऐतिहासिक जित दर्ता गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी १३ औं संस्करणको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
मालेको राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै मनिषले उत्कृष्ट गोल गरे । नेपालका लागि उनको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । नेपालविरुद्धको खेलमा अधिकांश समय पकड जमाए पनि माल्दिभ्सले गोल गर्न सकेन ।
माल्दिभ्सका केही उत्कृष्ट प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदलासमेत लिएको छ । ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३-० ले पराजित भएको थियो ।
नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।
नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ। यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ