काठमाडौं । मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठले जितेकी छिन् । पेप्सीकोला स्थित स्टार बैंकेटमा भएको फिनालीमा श्रेष्ठले उपाधि जितेकी हुन् । यस्तै इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् । यसैगरी दोस्रो हुनेले ३० हजार नगदसहित एउटा म्युजिक भिडियो र गीत गर्न पाउनेछन् भने तेस्रो हुनेले ३० हजार नगदसहित एउटा गीत गाउन पाउने भएका छन् । लाइफ ओके टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १०० जना प्रतियोगी सहभागी भएका थिए । जसमध्ये मेगा अडिसनबाट ३६ जना छनोट गरिएको आयोजकले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ