सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल श्रीलंकासंग खेल्दै 

प्रकाशित समय: सोमवार, १० : २१ बजे आश्विन १८ गते



साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल श्रीलंकासंग खेल्दै 

एजेन्सी । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।  मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ । 
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । आज नै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।